Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


वडाध्यक्ष शिवबहादुर थापा मानव बेचविखन मुद्दामा पक्राउ


507
Shares

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ४ का वडाध्यक्ष शिवबहादुर थापा मानव बेचविखन मुद्दामा पक्राउ परेका छन् ।

पीडितको उजुरीपछि मानव बेचविखन तथा अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो ।ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस बाट निर्वाचित भएका थापाले करिब १५ महिना वडाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । २०८० भदौ १५ गते स्वास्थ्य उपचारको कारण देखाउँदै वडा सदस्य लिलावती पौडेल लाई कार्यवाहक जिम्मेवारी दिएपछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो ।

थापा दुई महिना अघि मात्रै नेपाल फर्किनुभएको बताइएको छ । अमेरिका बसाइका क्रममा पनि नगरपालिकाबाट २०८० भदौदेखि २०८१ असारसम्मको सेवा सुविधा वापत दुई लाख ७६ हजार १९० रुपैयाँ भुक्तानी गरिएको खुलेको छ ।