सागर महत, अर्घाखाँची ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ पालीमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने २२ जना घाइते भएका छन् ।
पर्वतबाट सुपादेउराली मन्दिर दर्शन गरि फर्किने क्रममा धौलागिरी यातायात को ध १ ख५०४ नम्बर को बस दुर्घटना भएको हो।
घाइते मध्य केहीलाई पाल्पा पठाएको छ भने केहीलाई अर्घाखाँची अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्