काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षभित्र सडक बालबालिका मुक्त नेपाल घोषणा गर्ने दाबी गरेको छ ।
अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार स्थानीय, प्रदेश र संघीय गरी तीन वटै सरकारको बजेट प्रणालीमा बालबालिका उत्तरदायि बजेट लागू गरिनेछ ।
असहाय, अशक्त तथा जोखिममा परेका नागरिकको समूदायमै संरक्षण तथा पुर्नस्थापन सेवाको व्यवस्थापन गरिने समेत घोषणा गर्नुभयो । उहाँले अपांगता भएका व्यक्तिलाई उद्यमशीलता र रोजगारमूलक सिप प्रदान गरी आत्मनिर्भर बनाउने सरकारको नीति रहेको बताउनु भयो ।
उहाँले सार्वजनिक संरचनालाई पूर्णमैत्री अपांगमैत्री बनाइने बताउनु भयो । उहाँले गैरआवासीय संथामार्फत हुने लगानीलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी गर्न कानूनी सुधार गरिने समेत बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्