Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


सेयर बजारमा हरियाली, ४ अर्ब ६१ करोडकाे कारोबार


182
Shares

काठमाडौं।


साताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ ।

पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले आज पनि वृद्धिको क्रमलाई निरन्तरता दिएको हो । विहान बजार खुलेदेखि नै उकालो लागेको नेप्से उतार चढावका बीच ३८ अंकले बढ्दै २७ सय ८३ को विन्दुमा पुगेको छ ।

आज नेप्सेमा रहेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशत बढ्दा बैंकिङ्ग, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन् ।

२४७ वटा कम्पनीको शेयर मूल्य बढेको बजारमा १८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । फस्र्ट माइक्रोफाइनान्सको शेयरमूल्य सर्वाधिक १४.१९ प्रतिशतले बढेको छ । आज मूल्य घटेका स्टकहरुको गिरावट दर ३ प्रतिशतभन्दा कम रहेको छ । दिनभरमा ३३२ वटा स्टकको एक करोड ४ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वाधिक २१ करोड ९ लाख ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।