Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


मन्त्रिपरिषद् बैठकका ४ निर्णय यस्ता छन्-(सूचीसहित)

विदेशस्थित १५ जना महावाणिज्य दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय

1.5k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ।

संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक यहि वैशाख २८ गते अपराह्न ४ बजे बोलाउन राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो। साेही बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे।

त्यस्तै, मन्त्रिपरिषद्ले विदेशस्थित १५ जना नेपाली अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ।त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दुई अन्तर्राष्ट्रिय महासन्धि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ। मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ संसदमा पेश गर्न अनुमति दिएको हो।

त्यस्तै, श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि, १९४७ (C081–Labour Inspection Convention, 1947) अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्न पनि स्वीकृति प्रदान गरिएको छ।