Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


पेस्तोल देखाएर सुनचाँदी पसल लुट्न खोज्ने ३ जना प्रहरीकाे नियन्त्रणमा


2.7k
Shares

काठमाडौं । काठमाडौंमा पेस्तोल देखाएर नचाँदी पसल लुट्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले यहि वैशाख १७ गते इन्द्रचोकस्थित नैना एन्ड इसन ज्वेलर्समा दुई जनाले लुटपाट प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जनाएकाे हाे । पक्राउ पर्नेमा विकेश राजवाहक र अरूण भुजेल रहेका छन्। उनीहरूकाे साथबाट प्रहरीले एउटा पेस्तोल समेत बरामद गरेको छ।

अर्का एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्ति ललितपुरका हरिकृष्ण महर्जन हुन्। उक्त घटनाको भिडियाे सामाजिक सञ्जालमा समेत बाहिरिएको थियो। जहाँ हेलमेट, नकाब र कालो कपडा लगाएका दुई जना पसल छिरेको देखिन्छ।

एक्लै बसिरहेकी एक जना महिलालाई उनीहरूले पेस्तोल तेर्साएर लुट्ने प्रयास गरेको भिडियाे देखिएको छ। ती महिला कर्मचारीले पनि त्यस घटनामा प्रतिरोध गरेपछि उनीहरू भागेका थिए। उनीहरूले त्यस दिन लुट्न नसकेकाे तर नजिकै एक पसलमा चोरी भएको घटनासँग पनि सम्बन्धित हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।