एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्जुज जलमार्गमा रोकिएका कार्गो जहाजहरुको उद्धार कार्य तत्कालका लागि स्थगित गर्ने घोषणा गर्नुभएकाे छ ।
राष्ट्रपति ट्रम्पले मंगलबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यस्ताे जानकारी गराउनुभएकाे हाे ।

जलडमरुमा रोकिएका सबै जहाजहरुलाई अमेरिकी नौसेनाको पहरामा बाहिर निकाल्न अमेरिकाले एक दिन अघि मात्रै प्रोजेक्ट फ्रिडम शुरु गरेको थियो । त्यसपछि इरानी र अमेरिकी नौसेनाबिच आक्रमण चुलिने आशंका भईरहेको समयमा अमेरिकाले यो अभियान स्थगित गरेको जनाएको छ । इरानसँग जारी वार्तामा उल्लेख्य प्रगति भएको र सहमतीको खाका बनिरहेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुजको अभियान स्थगित गरेको घोषणा गर्नुभयो ।
उता अमेरिकी विदेशमन्त्री मार्बो रुबियोले इरानसँगको आक्रामक युद्ध सकिएको घोषणा गर्नुभएको छ । गत फेब्रुअरी २८ तारिखदेखि शुरु भएको ‘अपरेशन एपिक फ्युरी’ सकिएको भन्दै उहाँले अमेरिकी सैन्य लक्ष्य हासिल भएको दावी गर्नुभयो । साथै अमेरिकी रक्षामन्त्री पिट हेगसेथले युद्धविराम अझै पनि कायम रहेको उल्लेख गर्दै इरानलाई संयमित रहन र पुनः द्वन्द्व निम्त्याउने खालका गतिविधि नगर्न चेतावनी दिनुभएको छ।
वासिङ्टनमा आयोजित प्रेस सम्मेलनका क्रममा रक्षामन्त्री हेगसेथले इरानका सन्दर्भमा अमेरिकी रणनीति अत्यन्तै स्पष्ट र केन्द्रित रहेको दावी गर्नुभयाे ।










प्रतिक्रिया दिनुहोस्