एजेन्सी । भारतको उत्तर प्रदेशमा साेमबार भीषण वर्षासँगै तीव्र रुपमा चलेकाे हावाहुरी र चट्यांगले लागेर २३ जनाको मृत्यु भएको छ ।
खेतमा काम गरिरहेका किसान र खुला ठाउँमा रहेका मानिसहरु अचानक मौसममा आएको खराबीको चपेटामा परेको भारतीय संचारमाध्यमले जनाएका हुन् । तीव्र हावाहुरीले ढालेको रुखले थिचेर र घरको पर्खाल भत्किएर केहीको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रदेशको अवधका जिल्लामा सात जनाको मृत्यु भएको हाे । साेही जिल्लामा सबै भन्दा बढी १ सय ३० मिलिमिटर वर्षा भएको रेकर्ड मौसम विभागको छ । त्यस्तै, गोंडमा ४ जनाको ज्यान गएको हाे ।
विभागले मंगलबार पनि प्रदेशको २१ जिल्लामा मेघगर्जनसहित भीषण वर्षा र चट्यांगको सम्भावना रहेकाले शर्तक रहन आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्