Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


पाथीभरा मन्दिर क्षेत्रमा फोरजी सेवा सञ्चालनमा


130
Shares

काठमाडाैं। ताप्लेजुङमा रहेकाे प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ ।

पाथीभरा क्षेत्र विकास समितिको पहलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड दूरसञ्चार कार्यालय इलामसँग २०८० साल चैत २० गते सम्झौता सम्पन्न भएको थियो । बिटिएस टावर निर्माणपछि मंगलबारदेखि सेवा औपचारिक रूपमा शुरु गरिएको हो ।

फोरजी सेवा सञ्चालनमा आएसँगै अब दर्शनार्थीहरूले सहज रूपमा सञ्चार सेवा उपयोग गर्न सक्ने भएका छन् । साथै, अनलाइन दान प्रणालीले भेटी व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको समितिले जनाएकाे हाे ।

साेही टावरबाट फक्ताङलुङ गाउँपालिकासहितका नागरिक लाभान्वित हुने भएका छन् ।

Skip This