Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


पाकिस्तानीले पूर्वी-अफगानिस्तान आक्रमण गर्दा ४ जनाको निधन, ७० घाइते


260
Shares

एजेन्सी । अफगानिस्तानका उप–सरकारी प्रवक्ता हमदुल्लाह फित्रतले पाकिस्तानले पूर्वीअफगानिस्तानको कुनार प्रान्तमा मर्टार र रकेट प्रहार गरेको बताउनुभएकाे छ।

उहाँले सोमबार राति सामाजिक सञ्जालमार्फत आक्रमणमा परी ४ जनाको ज्यान गएको र ७० घाइते भएकाे बताउनुभएकाे हाे। कुनार प्रान्तका अधिकारीहरूले घाइतेहरूलाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्थाहरूमा लगिएको बताएका छन् । स्थानीय सुरक्षा स्थिति अहिले पनि तनावपूर्ण रहेको छ ।

साथै कान्दाहार प्रान्तको लुकमान–स्पिन बोल्दाक क्षेत्रमा पनि मर्टार प्रहार भएको स्थानीय समाचार माध्यम टोलो न्यूजले जनाएको हाे ।