काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न शुक्रबारसम्मको अल्टिमेटम दिएको छ ।
महानगरको टोलीले बिहीबार साँझ माइकिङ गर्दै थापाथली र सिनामंगल लगायतका क्षेत्रमा बस्ती खाली गर्नका लागि आजसम्मको समयसीमा दिएको हो । बस्ती खाली नगरिए भोली शनिबार बस्ती खाली गरिने र अटेर गर्नेले भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैं हुनुपर्ने चेतावनी पनि महानगरले दिएको छ ।
शुक्रबार बिहान ६ बजेदेखि घर–टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गरिने जनाएको महानगरको काममा बाधा पुर्याए कानून बमोजिम कारबाही गरिने पनि उल्लेख गरिएको छ । यसअघि बुधबार गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिनुभएको थियो ।
प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाका ४ वटा सुकुम्बासी बस्ती खाली गरिने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्