Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालको इटालीमाथि शानदार जित

इटाली भने ५० फराकिलाे अन्तरले पराजित

403
Shares

काठमाडाैं । आईसीसी महिला टी-२० च्यालेन्ज ट्रफी क्रिकेटको दोस्रो खेलमा नेपालले पहिलो जित निकालेको छ ।

अफ्रिकी मुलुक रुवाण्डाको किगालीमा रहेको गहंगा क्रिकेट ओभलमा आइतबार राति भएकाे खेलमा रुविना क्षेत्री र पूजा महतोको उत्कृष्ट प्रदर्शनमा नेपालले इटालीलाई ५० रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १२ रन बनायो ।

१ सय १३ रनको लक्ष्य पछ्याएको इटाली १८ ओभर ४ बलमा सबै विकेट गुमाएर मात्र ६२ रनमा समेटियो । प्लेयर अफ दि म्याच बनेकी नेपालकी रुविनाले २ ओभर ४ बलमा ४ रन दिएर ४ विकेट लिइन् । त्यस्तै कविता कुँवरले २ विकेट निकालिन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेल बुधबार रुवान्डासँग सामना गर्ने कार्य तालिका रहेकाे छ।