Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


महोत्तरीमा रूख ढलेर टेम्पोलाई थिच्दा २ जनाको निधन, ३ घाइते


299
Shares

काठमाडाैं । महोत्तरीको जलेश्वरमा टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु भएको छ ।

हावाहुरीका कारण शनिबार राति रुख ढलेर जलेश्वर नगरपालिका–९ परकौली सडकमा गुडिरहेको ज १ घ ४८५० नम्बरको टेम्पोलाई थिचेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हाे । टेम्पोमा रहेका जनकपुर उपमहानगरपालिका–२० की ४१ वर्षीय सकुन्तला देवी र महोत्तरी एकडारा गाउँपालिका–३ का ३३ वर्षीय राहुल मलिकको मृत्यु भएको प्रहरीले बताएकाे छ।

साेही दुर्घटनामा ३ जना घाइते भएका छन् । उनीहरूको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको हाे।