Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


पश्चिम एशियामा फेरि तनाव चर्कियो, हर्मुज जलमार्गमा गोलाबारी

अमेरिका र इरानबीच सम्भावित शान्ति वार्ता पनि अन्याैलमा

845
Shares

एजेन्सी । पश्चिम एशियामा फेरि तनाव बढ्दै गएको छ ।

होर्मुज जलमार्गमा गोलाबारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । बीबीसीले इरानको रिभोलुसनरी गार्डले एउटा तेल ट्याङ्करमा आक्रमण गरेको उल्लेख गरेकाे छ । साथै, एउटा कन्टेनर जहाजमा अज्ञात पक्षबाट आक्रमण भएको छ । जसका कारण जहाजमा क्षति पुगेको हाे । केही व्यापारिक जहाजहरूले पनि होर्मुज पार गर्ने क्रममा आफूमाथि आक्रमण भएको जनाएका छन् । जसमा भारतीय जहाज पनि रहेकाे जनाइएकाे छ।

इरानले होर्मुज जलमार्गमा पूर्ण नियन्त्रण कायम राख्ने घोषणा गरेसँगै स्थिति अझ गम्भीर बनेको हाे । अन्तर्राष्ट्रिय व्यपार र समुद्री सुरक्षामा असर पर्ने सम्भावना बढाएको विश्लेषकहरूले बताएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानको दबाबमा नआउने बताउनुभएको छ । इरानले अमेरिकी नौसैनिक नाकाबन्दीलाई युद्धविराम उल्लङ्घन गरेकाे उहाँले आराेप लगाउनुभएकाे हाे । अमेरिका र इरानबीच सम्भावित शान्ति वार्ताकाे बारेमा पनि अनिश्चितता बढेको छ ।

समुद्री आक्रमण, सैन्य चेतावनी र असफल कूटनीतिक प्रयासहरूले पश्चिम एशियामालाई फेरि अस्थिरतातर्फ धकेलिरहेको विज्ञहरूको तर्क छ ।