काठमाडाैं । मिथिला क्षेत्रमा बुधबार जुडशीतल पर्व मनाइँदैछ ।
मधेशको मिथिला क्षेत्रमा जुडशीतल पर्व अन्तर्गत नयाँ वर्षको पहिलो दिन ‘सतुवाइन’ र आज दोस्रो दिनलाई ‘जुडशीतल’का रूपमा मनाउने गरिन्छ । जुडशीतल पर्वमा कूल देवताको पूजा गर्ने परम्परा रहेकाे हाे । नयाँ वर्ष शुरु भएसँगै गर्मी बढ्ने भएकाले जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ पर्व मनाउने परम्परा रहिआएको महोत्तरीको मटिहानीमा रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण कर्णले बताउनुभयो ।
साेही पर्वले प्रकृति र स्वास्थ्यसँग सम्बन्ध राख्छ । परिवारका ज्येष्ठ सदस्यले सानालाई टाउकोमा पानी राखेर आशीर्वाद दिने परम्परा समेत रहेकाे हाे । त्यस्तै, थारु समुदायले यसलाई ‘सिरूवा’ पर्वका रूपमा मनाउने गरेका छन् । यस पर्वमा गाउँघरका इनार तथा कुवाको सरसफाइ तथा जीर्णोद्धार गर्ने परम्परा पनि रहेको हाे ।









प्रतिक्रिया दिनुहोस्