Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विजयी

दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादकाे भने लज्जास्पद हार

208
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले पहिलो जित दर्ता गरेको छ ।

भारतामा शनिबार राति भएकाे दाेस्राे खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेकाे हाे । पहिले ब्याटिङ गरेको चेन्नईले २ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्ली १ सय ८९ रनमा अलआउट भएपछि चेन्नई २३ रनले विजयी भएकाे छ ।

चेन्नईका लागि ओपनर सन्जु स्यामसनले शानदार शतक बनाए । उनले ५६ बलमा १५ चौका र ४ छक्कासहित अविजित १ सय १५ रन जोडेका थिए । त्यस्तै,आयुष म्हात्रेले ५९ रन जोडेका थिए । दिल्लीका कप्तान अक्षर पटेलले १ विकेट लिए । २ सय १३ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि ट्रिस्टन स्टब्सले ३८ बलमा ४ चौका र ३ छक्कासहित ६० रन बनाए । चेन्नईका जेमी ओभरटनले उत्कृष्ट बलिङ गर्दै १८ रन खर्चिएर ४ विकेट लिएका छन् । त्यस्तै, अंशुल काम्बोजले ३ विकेट लिएका छन् ।

त्यस्तै, शनिबारै भएकाे पहिलो खेलमा पञ्जाब किंग्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेकाे हाे । चण्डीगढमा हैदरावादले दिएको २ सय २० रनको लक्ष्य पञ्जाबले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर २/३ रन बनाउँदै पूरा गर्‍यो । पञ्जाबका कप्तान श्रेयस अयरले ३३ बलमा समान ५ छक्का र चौकासहित अविजित ६९ रन बनाउँदै टोलीलाई जित दिलाए । यसअघि ओपनर प्रभसिमरन सिंह र प्रियांश आर्यले अर्धशतक बनाएका थिए ।

पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । हैदरावादका लागि अभिषेक शर्माले २८ बलमा ८ छक्का र ५ चौकासहित ७४ रनको आक्रामक पारी खेले का छन्। पञ्जाबका लागि शशांक सिंहले बलिङमा महत्त्वपूर्ण भूमिका खेल्दै ३ ओभरमा २० रन दिएर २ विकेट लिएका थिए ।