काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।
काठमाडाैंमा शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभएकाे हाे । उपसभामुखको निर्वाचन शुक्रबार दिउँसो ४ बजे हुने भएकाे छ ।
उपसभामुखमा श्रम संस्कृतिका ठाकुर र राप्रपाकी सरस्वती लामाबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्