काठमाडौं ।
नेपालको पहिलो पब्लिक हाइस्कूल जुद्धोदय पब्लिक हाइस्कूल स्थापनाको ८७ बर्ष पूरा भएको छ ।
विद्यालयले हालै विशेष कार्यक्रम आयोजना गरी ८७ औं बार्षिकोत्सव मनाएको हो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष पुष्पमान मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी ९१ बर्षीय प्रल्हादकृष्ण मानन्धर प्रमुख अतिथिकाका रुपमा सहभागी हुनुभयो ।
कार्यक्रममा यस विद्यालयका पूर्व विद्यार्थी रही विभिन्न क्षेत्रमा पहिचान बनाइ स्थापित भएका थुप्रै विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिनुका साथै विद्यालयका पूर्व विद्यार्थी ईमेज च्यानलका महाप्रबन्धक रघुवरभक्त मानन्धरलाई सामाजिक काममा पुर्याएको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्