Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


‘स्नातक तहसम्म नेपाली विद्यार्थीलाई नेपालमै पढाउनुपर्छ’


559
Shares

काठमाडौं ।
नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमा नै पढाउने वातावरण बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

बिहीवार त्रिभूवन विश्वविद्यालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले नेपाली विद्यार्थीलाई नेपालमा नै अड्याउने र विदेशी विद्यार्थी पनि आकर्षित गर्नेगरी विश्वविद्यालयहरुले कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

पूर्ववाञ्चल विश्वविद्यालयका उपकुलपति डा. विजुकुमार थपलियाले मेडिकल शिक्षामा ठूलो सम्भावना रहेको बताए। उनले मेडिकल शिक्षामा भारतका विद्यार्थीलाई नेपालमा भित्र्याउन सकिने उल्लेख गर्नुहुँदै बंगलादेश, श्रीलंका लगायतका अन्य देशका विद्यार्थीलाई पनि टार्गेट गर्नसक्ने बताए ।

उनले नेपालमा युनिक विषयलाई फोकस गरेर पाठ्यक्रम बनाएमा विद्यार्थीलाई आकर्षित गर्ने सकिने उल्लेख गरे । उनले पूर्वाञ्चल विश्वविद्यालयमा एमविविएस प्रोग्राम शुरु गर्न लागेको जानकारी दिए ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.विम श्रेष्ठले नेपाली विद्यार्थीलाई स्नातक तहसम्म नेपालमा नै पढाउने बातारण बनाउनुपर्ने बताएका छन् ।

त्यसका लागि बाहिरका विश्वविद्यालयले दिने सुविधाहरुले नेपालमै उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गरे । उनले नेपालले जलवायु परिवर्तनसम्बन्धी शिक्षालाई विशेष जोड दिनुपर्ने बताए । नेपालले अब सूचना प्रविधि र एआई सम्बन्धी शिक्षा दिन विश्वमा प्रतिष्पर्धा गर्न नसक्ने उनको भनाई छ ।

त्रिभूवन विश्वविद्यालय पूर्वउपकुलपति डा.तीर्थ खनिँयाले अन्तर्राष्ट्रिय विश्वविद्यालय बन्न विदेशी विद्यार्थीको संख्या कति छन् भन्ने कुराले निर्धारण नगर्ने बताए ।

उनले सिकाईको आदानप्रदान नै विश्वविद्यालयको सबैभन्दा ठूलो उपलब्धि भएको बताए । उनले शिक्षा मन्त्रालयलाई नेपालको विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरमा कुन ¥याकिङ्मा छन् भन्ने जानकारी नै रहेको बताए । उनले विश्वविद्यालय युनिभर्सल हुने र विश्वविद्यालयले मानवीय अवधारणाको उत्कृष्ट सिर्जना गर्ने बताए । उनले नेपालको शिक्षामन्त्रालयलाई यी दुवै कुरा बुझाउन नसकेको गुनासो गरे । उनले मन्त्रालय नै नेपालको शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको बनाउन नलागेसम्म केही नहुने उल्लेख गरे ।