Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


आईपीएल क्रिकेटमा आज कोलकता राइडर्सले लखनउ जायन्ट्सकाे सामना गर्दै

दुवै टाेली उच्च मनाेबलका साथ मैदानमा

221
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार कोलकता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुने भएकाे छ।

कोलकताको इडन गार्डेन्स मैदानमा बिहीबार राति पौने ८ बजेदेखि कोलकता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे । आईपीएलको जारी सिजनमा कोलकताको यो चौथो र लखनउको तेस्रो खेल हो । लगातार तीन खेलमा पराजित भइसकेको कोलकता निकै दबाबमा छ । उता लखनउ भने तीन खेलमा दोस्रो जितको खोजीमा रहेकाे हाे ।

आईपीएल क्रिकेटमा बुधबार राति भएकाे खेलमा गुजरात टाइटान्सले दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेकाे छ। चौथो चरणका खेलहरु चलिरहँदा आईपीएलको अंक तालिकामा ३ खेलबाट ६ अंक जोडेको राजस्थान रोयल्स शीर्ष स्थानमा रहेकाे हाे । समान खेलबाट ५ अंक जोडेको पञ्जाब किंग्स दोस्रो स्थानमा रहेको छ ।