Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

पश्चिम एशियामा जारी द्धन्द्ध र गत भदौको जेनजी आन्दोलनका कारण वृद्धिदर सुस्त

338
Shares

काठमाडाैं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंकले पश्चिम एशियामा जारी द्वन्द्व र गत भदौको जेनजी आन्दोलनको असरले नेपालको आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण गरेको हो । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक परिदृश्य अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा यो वर्ष आर्थिक बृद्धिदर घट्नेछ ।

गत वर्ष नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ३ प्रतिशत थियो । पुनर्निर्माण कार्य, जलविद्युतको निरन्तर विस्तार र २०८४ सालमा हुने प्रदेश तथा स्थानीय निर्वाचनसँग सम्बन्धित उपभोगका कारण आर्थिक वर्ष २०८४/८५ मा आर्थिक वृद्धिदर औसत ४ दशमलव ४ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिवेदनले सुस्त पर्यटन गतिविधि, उच्च यातायात खर्च र आपूर्ति शृंखलामा आउन सक्ने सम्भावित अवरोधका कारण यो आर्थिक वर्ष सेवा क्षेत्र सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरेको छ ।