काठमाडाैं । जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति ८ बजेतिर साेही दुर्घटना हुँदा एम्बुलेन्स चालक हिमा गाउँपालिका–७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र सोही गाउँपालिका–६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएकाे हाे ।
दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा सोही गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेकाे प्रहरीले बताएकाे हाे । दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएकाे छ।








प्रतिक्रिया दिनुहोस्