काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार भएका खेलमा बागमती प्रदेश र मधेश प्रदेश विजयी भएका छन् ।
जनकपुरमा बुधबार भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेकाे हाे । कोशीले दिएको १ सय रनको लक्ष्य बागमतीले ९ ओभरमा ३ विकेट गुमाएर भेटायो । बागमतीका विवेक मगरले नटआउट ६१ रन बनाए । कोशीका विपिन महतोले २ विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङ गरेको कोशी २८ ओभर २ बलमा ९९ रनमै अलआउट भयो ।
कोशीका कप्तान सुजन थपलियाले २१ रन बनाएका छन्। बागमतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएका थिए । योसँगै बागमती ७ खेलमा ३ जीतसहित ६ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा उक्लिएको छ । कोशी लगातार ६ खेलमा हार बेहोर्दै १ अङ्कसहित पुछारमा रहेकाे हाे ।
त्यस्तै, वीरगञ्जमा बुधबारै भएको अर्काे खेलमा मधेशले गण्डकी प्रदेशलाई डीएसएल पद्धतिका आधारमा १८ रनले पराजित गरेकाे छ । खेल वर्षाले प्रभावित भएपछि २२ ओभरमा ९९ रनको लक्ष्य पछ्याएको गण्डकीले २२ ओभरमा ५ विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो । गण्डकीका अर्जुन कुमालले नटआउट ४९ रन बनाए । मधेशका विशाल पटेल, रूपेश सिंह, आशिक बैठा र मोहम्मद आदिल आलमले १र१ विकेट लिएका छन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको मधेशले ३४ ओभर ५ बलमा १७२ रन बनाउँदा सबै विकेट गुमायो । मधेशका मयन यादवले ४३ रन बनाए । गण्डकीका अपराजित पौडेल र सुवास भण्डारीले ३/३ विकेट लिएका छन् । यो जितसँगै मधेश ६ खेलमा ४ जितसहित ९ अंक जोडर तालिकाको तेस्रो स्थानमा उक्लिएको हाे । गण्डकी ७ खेलमा ५ अङ्कसहित आठौँ स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्