Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


सशस्त्र प्रहरी महानिरीक्षक कप खेलकुद प्रतियोगिता शुरु (तस्वीरसहित)


247
Shares

काठमाडाैं ।

नेपाल एपीएफ रंगशालामा मंगलबारदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप २०८२’ खेलकुद प्रतियोगिता शुरु भएको छ ।

उक्त प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन खेलमा रिले दौडतर्फ विजय भएका पुरुष तथा महिला खेलाडीहरुलाई  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले पुरस्कार समेत वितरण गर्नुभएको थियो ।

त्यसैगरी आजै सम्पन्न भएको फुटबल खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली विजयी भएका छन् ।

विजयी सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले नं.३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरलाई ४–० ले, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतलाई पेनाल्टी सुटआउटमा ४–३ र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीलाई पेनाल्टी सुटआउटमा ४–२ को गोल अन्तरले पराजित गरी विजयी भएको हो ।

त्यसैगरी भलिबलतर्फको खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं. १ बराह बाहिनी मुख्यालय सुनसरीलाई २५–१५, २५–२० र २५–१८ तथा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतलाई २५–२०, २५–२१ र २५–१६ को सोझो सेटमा पराजित गरी विजयी भएको हो ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान तथा ८ वटा बाहिनी मुख्यालय गरी ९ वटा कार्यालयका खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स र कबड्डी गरी चार खेलहरु समावेश गरिएकोे छ ।
सशस्त्र प्रहरी बल नेपालका पुरुष तथा महिला गरी ६ सय २२ जना खेलाडी सहभागी रहेको सो प्रतियोगिता यही चैत्र २९ गतेसम्म संचालन हुनेछ ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत तथा विल्लादार जवान र विभिन्न विधाका खेलाडीहरुको उपस्थिती रहेको थियो ।