Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


थाइल्याण्डको नयाँ गठबन्धन सरकारले लियाे शपथ


481
Shares

काठमाडाैं । प्रधानमन्त्री अनुटिन चर्नविराकुलको नेतृत्वमा थाइल्याण्डको नयाँ गठबन्धन सरकारले गत हप्ताको शाही अनुमोदनपछि सोमबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण लिएकाे छ।

३५ सदस्यीय मन्त्रिमण्डलले बैंककको दुसित प्यालेसमा आयोजित एक परम्परागत समारोहमा राजा महा वजिरालोङ्कोर्नको उपस्थितिमा निष्ठाको शपथ लिएकाे हाे। उक्त समारोहमा प्रधानमन्त्री अनुटिन र सातजना उपप्रधानमन्त्रीका साथै अन्य मन्त्रिपरिषद्का मन्त्री र राज्यमन्त्रीहरूको सहभागिता रहेको थियो । शपथ ग्रहण पश्चात प्रधानमन्त्री अनुटिनले सरकारी निवास (गभर्मेन्ट हाउस) मा विशेष मन्त्रिपरिषद बैठकको अध्यक्षता गर्नुभएकाे हाे । उहाँले आगामी केही दिनमा संसदमा आफ्नो नीतिगत वक्तव्य प्रश्तुत गर्ने कार्यक्रम रहेको छ ।

जुन नयाँ प्रशासनले आधिकारिक रूपमा कार्यभार सम्हाल्नु अघिको अन्तिम प्रक्रिया हो । ५९ वर्षीय भुमजैथाई पार्टीका नेता अनुटिन, गत मार्चमा भएको संसदीय मतदानमा विजय हासिल गरेपछि दक्षिणपूर्वी एशियाली मुलुक थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएकाे हाे ।

Skip This