ओखलढुंगा। विगत तीन वर्षदेखि प्रयोगविहीन बनेको ओखलढुंगा सदरमुकामको रमाइलोडाँडा बसपार्क आगामी वैशाख २ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
सिद्धिचरण नगरपालिकाले सोमबार सरोकारवालासँग सर्वपक्षीय छलफल गरी अलपत्र अवस्थामा रहेको बसपार्कलाई पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो । इमेज समाचारमा बसपार्क प्रयोगविहिन भन्ने समाचार प्रसारण भएपछि नगरपालिकाले चासो देखाउँदै बसपार्क सञ्चालनको तयारी थालेको छ ।
व्यवस्थित बसपार्क बनिसकेपछि प्रयोगमा नआउँदा ट्रायल सेन्टर र ग्यारेजमा परिणत भएको भन्दै चर्को आलोचना भइरहेको थियो । बसपार्क सञ्चालनमा आउने भएपछि सदरमुकाम क्षेत्रको पार्किङलाई समेत व्यवस्थित बनाउने निर्णय भएको छ ।








प्रतिक्रिया दिनुहोस्