एजेन्सी । इरानले हर्मुज जलमार्ग खोल्नका लागि नयाँ सर्त अघि सारेको छ ।
इरानले जलमार्गबाट संकलन हुने ट्रान्जिट शुल्कको केही हिस्सा युद्धबाट भएको क्षतिपूर्तिमा प्रयोग गरिनुपर्ने शर्त अघि सारेको बीबीसीले जनाएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पको हालैको अभिव्यक्तिप्रति प्रतिक्रिया दिंदै इरानले मध्यपूर्व क्षेत्रमा तनाव र युद्ध भड्काएको आरोप लगाएको छ । इरानले राष्ट्रपति ट्रम्पको अभिव्यक्तिलाई अपमानजनक र आधारहीन समेत भन्दै आपत्ति जनाएको हो ।
यसैबीच, राष्ट्रपति ट्रम्पले अमेरिकी सञ्चारमाध्यम फोक्स न्यूजसँग कुरा गर्दै इरानसँग सम्झौताको सम्भावना अझै बाँकी रहेको बताउनुभएको छ । यसअघि उहाँले ४८ घण्टाको समयसीमा दिँदै सोही अवधिभित्र सहमति नभए कडा कदम चाल्ने चेतावनी समेत दिनुभएको थियो । राष्ट्रपति ट्रम्पको चेतावनीमा तेल नियन्त्रणदेखि ठूला आक्रमणसम्म हुन सक्ने संकेत देखिएको उल्लेख छ ।
इरानको नयाँ शर्त र अमेरिकी चेतावनीको समयसीमा सोमबार सकिंदै गरेकाले पश्चिम एशियामा जारी युद्धको बारेको नयाँ घटनाक्रम विकसित हुने अनुमान गरिएको छ।








प्रतिक्रिया दिनुहोस्