Logo ४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026


डिपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय


0
Shares

काठमाडौं । रास्वपाले उपसभापति डिपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबर सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले सभामुखमा प्रस्ताव गनेए निर्णय गरेको हो। बैठकमा सभपाति रवि लामिछानेले गरेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रतिनिधिसभामा रास्वपाका १८२ जना सांसद छन्।

यस्तै संसद सचिवालयले पनि सभामुख चयनका लागि कार्यतालिका सार्वजनिक गरेको छ।

सचिवालयका अनुसार शुक्रबार दिउँसो ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। आइतबार बिहान ११ बजे बैठकले सभामुख चयन गर्ने छ ।