Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नेकपा संसदीय दल नेतामा युवराज दुलाल नियुक्त


8.5k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त भएका छन्।

सिन्धुपाल्चोक- २ बाट निर्वाचित दुलाललाई नेकपाले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको हो।

नेकपाले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ- युवराज दुलालले प्रमुख सचेतक पदको जिम्मेवारी वहन गरी दल तथा संसदीय कार्यसम्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुनेछ भन्ने विश्वास लिइएको छ।