Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


पत्रकार दिलभूषण पाठकले पाए सफाइ


0
Shares

काठमाडाैं । पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ ।

बुधबार न्यायाधीश खिमानन्द भुषालको इजलासले पाठकविरुद्ध दाबी नपुग्ने ठहर गर्दै सफाइ दिने आदेश गरेको हो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले सो जानकारी दिएका छन् ।

पाठकविरुद्ध साइबर ब्युरोले विद्युतीय कारोबार ऐन २०६३को दफा ४७ अनुसार कसुर गरेको आरोपमा मुद्दा दायर गरेको थियो । उनले आफ्नो युट्युब च्यानल ‘टफ टक विथ दिलभूषण पाठक’मार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर देउवाको लगानी हिल्टन होटलसँग सम्बन्धित रहेको दाबी गर्दै सामग्री प्रसारण गरेका थिए ।

उक्त भिडिओ सार्वजनिक भएपछि जयविर देउवाले साइबर ब्युरोमा उजुरी दिएका थिए। त्यसपछि पाठकविरुद्ध गत असार १८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो ।

यसअघि थुनछेक बहसका क्रममा अदालतले उनलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अहिले भने अदालतले अन्तिम फैसला सुनाउँदै उनीविरुद्धको अभियोग पुष्टि नहुने ठहर गरेको हो ।