१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


एसिड आक्रमणपछि गाउँमा त्रास, ‘मार्ने पहिलेदेखिकै योजना’ (भिडियो)


0
Shares

विवेक भण्डारी (इमेज)

नवलपुर, असोज १० । पछिल्लो मुलुकमा समय एसिड आतंक मौलाउन थालेको छ ।

सोमबार राति नवलपुरको कावासोती–१६ मा एक महिलामाथि एसिड र चक्कु प्रहारको घटनापछि गाउँमै त्रास फैलिएको छ ।

रौतहटमा दुई दिदी–बहिनीमाथि भएको एसिड आक्रमणको घटना सेलाउन नपाउँदै गत सोमबार राति नवलपुरको कावासोतीमा फेरि त्यस्तै घटना दोहोरियो ।

बजारबाट घर फर्कनेक्रममा छिमेकी विमल श्रीपालीले बसन्ती परियारमाथि एसिड र छुरा प्रहार गरे ।

श्रीपालीले गरेको प्रेम प्रस्ताव अस्वीकार गर्दा उनीमाथि आक्रमण भएको जनाइएको छ ।

बजारबाट फर्कनेक्रममा विमलले बसन्तीमाथि पछाडिबाट आक्रमण गरेपछि जोगाउन खोज्दा आफ्नो हातमा छुराले गहिरो चोट पुगेको पीडितकी बहिनी सीता परियार बताउँछिन् ।

यो घटनामा युवतीमाथि ठूलो बज्रपात त पर्‍यो नै अर्कोतिर शृंखलाबद्ध भइरहेका घटनाले स्थानीयमा झन् त्रास थपिँदै गएको छ ।

बसन्तीको उपचारमा संलग्न भरतपुर अस्पतालका डा. सुरेश प्रधानकाअनुसार एसिड प्रहारबाट बसन्तीको अनुहार, घाँटी, छाती तथा दुवै हात जलेको छ ।

२५ प्रतिशत शरीर जलिसकेको भएपनि अवस्था सुधारोन्मुख भएको डा. प्रधानको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी लीलाराज लामिछानेले पनि विवाह गर्न नमान्दा उनलाई मार्ने पहिलेदेखिकै योजना श्रीपालीको रहेको र पटक–पटकको प्रयासपछि सोमबार आक्रमण गरेको बताउँछन् ।

युवकले पहिलेदेखि नै योजनाबद्धरुपमा आक्रमणको तयारी गरेको डीएसपी लामिछानको भनाइ छ ।

भिडियो हेर्नुहोस्