Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी


39
Shares

काठमाडाैं । नेकपा (एमाले) समर्थक जेन—जी अमिशा पराजुली सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरुविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि अमानवीय तवरले गालीगलौज तथा बलात्कारको धम्की समेत आएपछि साइबर ब्यूरोमा उजुरी दिनुभएको हो ।

उहाँले आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिनै सबैमाथि एकमुष्ट उजुरी दिएको बताउनु भयो । सामाजिक सञ्जालबाट गालीगलौज तथा बलात्कारको धम्की आएको उहाँको भनाइ छ । आफूले केही गलत नगरेको र केही पनि गलत कुरा नबोलेको भएपनि आफूमाथि नकारात्मक प्रतिक्रिया दिइएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘मेलै बोलेको भिडियोको दुरुपयोग गर्ने तथा सामाजिक सञ्जालको कमेन्ट बक्समा गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिने सबैविरुद्ध साइबर ब्युरोमा उजुरी हालेका छौँ । यो अवस्थामा मेरो परिवारले मलाई सहयोग नै गरेको छ । मैले केही गलत नगरेको तथा नबोलेको विषयमा परिवारका सबै सदस्यलाई थाहा नै छ । सोही कारण परिवारबाट सहयोग छ ।’

अमिशाले ओलीको पक्राउलाई असंवैधानिक असंवैधानिक भन्दै अभिव्यक्ति दिनुएभएको थियो । त्यसलगत्तै उहाँमाथि अमानवीय तवरले गालीगलौज तथा साइबर बुलिङ भइरहेको छ ।