Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


माओवादीमुक्त भारतको घोषणा


1.1k
Shares

काठमाडौं ।
भारत सरकारले यसै महिनाको अन्तिमबाट हिन्दुस्तान माओवादीमुक्त भएको घोषणा गरेको छ ।

भारतीय गृहमन्त्री अमित शाहले लोकसभामा सम्बोधन गर्दै ३१ मार्च अर्थात आजदेखि भारत माओवादी नक्सल विद्रोहीबाट मुक्त बनेको घोषणा गर्नुभएको हो ।

शाहले हतियार बिसाएर आउने कतिपय माओवादी कमाण्डरसँग वार्ता हुने तर अरुलाई सिध्याउने चेतावनी पनि दिनुभयो । भारतमा केही बुद्धिजिवीहरू माओवादी हिंसाको पक्षमा रहेको भन्दै गृहमन्त्री शाहले गरीबलाई हतियार बोकाएर आफ्नो विचारधारा लाद्न उद्यत रहेको आरोप समेत लगाउनुभयो ।

शाहले यसबीचमा ४ हजार ८३९ माओवादीले आत्मसमर्पण गरेको, २२ सयलाई जेल पठाइएको र ७०६ जनालाई सुरक्षा फौजले कारबाही गरेर मारेको तथ्याङ्क समेत सार्वजनिक गर्नुभयो ।

विगतमा कांग्रेस सरकारले नै नक्सलवादीहरूलाई संरक्षण गरेको आरोप लगाउनुभएका गृहमन्त्री शाहले भारतका विभिन्न राज्यलाई जोडेर माओवादीहरुले बनाएको रेड करिडोर पनि अब ध्वस्त भएको दाबी गर्नुभयो ।