Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


सामुदायिक कुकुर नियन्त्रणको अभियान प्रभावकारी (भिडियाे रिपाेर्ट)


0
Shares

चितवन, गिताञ्जली अधिकारी ।

चितवनको कालिका नगरपालिकामा समस्याको रुपमा रहेका सामुदायिक कुकुर नियन्त्रणको अभियान प्रभावकारी बनेको छ ।

सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्दै रेबिज रोग व्यवस्थापन गर्ने उद्देश्यले सञ्चालन भएको स्थायी बन्ध्याकरण अभियान प्रभावकारी बनेको हो । अभियानले समुदायमा छाडा कुकुरको समस्या घट्ने र सर्वसाधारणले सुरक्षाको अनुभव गर्ने अपेक्षा गरिएको छ ।

कुकुरको अनियन्त्रित वृद्धिदर घटाउँदै मानव–जनावरबीच हुने द्वन्द्व न्यूनीकरण गर्न उपयोगी हुने विश्वास का साथ अभियान चलाइएको छ। यसका लागि कालिका नगरपालिकाले छाडा छाडिएका सामुदायिक कुकुर समात्न क्याचिङ टोलीहरू परिचालन गरेको छ । बिहान ६ बजेदेखि नै टोलीहरू नगरका विभिन्न टोल–टोलमा पुगेर सामुदायिक (आवारा) कुकुरहरू संकलन गरिन्छ भने संकलन गरिएका कुकुरहरूलाई पशु चिकित्सकले शल्यक्रिया गर्ने ब्यबस्था मिलाइएको छ । अभियानको पहिलो दिनमै ९६ र दोस्रो दिन ३८ कुकुरको सफल बन्ध्याकरण गरिएका नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षभित्र करिब २ सय ५० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य निर्धारण गरेको छ। उपलब्ध बजेट र स्रोतका आधारमा तय गरिएको अभियानलाई थप निरन्तरता दिनुपर्ने अवस्था देखिएको नगरपालिकाले जनाएको छ ।