Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पहिरोले मेची राजमार्ग अवरुद्ध, ट्रक फस्यो


0
Shares

झापा । इलामको रोङ गाउँपालिका ४ बागखोरस्थित मेची राजमार्गमा सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुंगासहितको सुख्खा पहिरो झरी इलामबाट झापातर्फ आउँदै गरेको ट्रक पुरिएको छ ।

आज साँझ ६ः०४ बजे प्रदेश १–०१–००१ ख ४३३४ नं. को गोलिया बोकेको ट्रक पुरिएको हो । पहिरोका कारण मेची राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरी टोली घटनास्थल पुगेर बुझ्दा मानवीय क्षति नभएको र बाटो पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।