काठमाडौं ।
सुर्खेत जिल्ला सरकारी वकिलको कार्यालयले सुर्खेतकी १६ वर्षिया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि हत्या गरिएको दाबी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ ।
सरकारी वकिलको कार्यालयले आइतबार चारै जना अभियुक्तलाई सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्धामा अभियोग पत्र पेश गरेको हो ।
प्रहरीले अनुसन्धान सकेर बुधबार मात्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । अभियुक्तहरुको आइतबारदेखि नै बयान लिन सुरु गरिए पनि सोमबार मात्रै थुनछेक बहस हुने छ ।
जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता कर्णबहादुर महतले गत फागुन २३ मा हत्या गरिएको अवस्थामा फेला परेकी इनिसाको तीन साता बित्दा समेत अन्त्यष्टि हुन सकेको छैन ।








प्रतिक्रिया दिनुहोस्