Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


ओलीको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ


1.4k
Shares

काठमाडाैं । काठमाडौंमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ।

उनकी श्रीमती राधिका शाक्यको तर्फबाट दायर रिटमा ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको उल्लेख छ।

आइतबार दर्ता भएको उक्त रिटमाथि बहस सोमबारका लागि तोकिएको छ। जेनजी आन्दोलनका क्रममा सार्वजनिक सुरक्षा उल्लंघन गरेको आरोपमा ओलीलाई चैत १४ गते पक्राउ गरिएको थियो।

एमालेले उक्त गिरफ्तारीलाई गैरकानुनी र पूर्वाग्रही भन्दै राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने जनाएको छ। पक्राउपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।