Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


शेयर बजारमा पहिरो


182
Shares

काठमाडौं ।

साताको सुरुको दिन शेयर बजारमा पहिरो गयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ७१ अंकले ओरालो लागेर २८ सय ७९ मा आएर थामियो । सबै समूह राताम्मे हुँदा १५ अर्बको शेयर खरिद बिक्री भयो ।

रास्वपाको बलियो सरकारको तयारीसंगै हौसिएको बजार प्रधानमन्त्री बालेन्द्र शाहको शपथ पछिको पहिलो कारोबारमा भने उच्च अंकले झर्यो ।

सडकमा विरोध प्रदर्शन सुरु भएसंगै लगानीकर्तामा त्रास देखिएको विश्लेषण गरिएको छ । यसदिन वित्त समूहमा सबैभन्दा उच्च ३ प्रतिशतमाथिको गिरावट आउँदा विकास बैंक, वाणिज्य बैंक, लगानी समूह ३ प्रतिशत नजिकले घटे । बाँकी समूह पनि २ प्रतिशत हाराहारीले ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय ३३ स्टकको ३ करोड ५२ लाख कित्ता शेयर १५ अर्ब ३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसमध्ये २ सय ५५ स्टकको मूल्य घट्दा जम्मा १० स्टकको बढ्यो ।

घटेको बजारमा पनि रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोलगायत आधा दर्जन कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए । यसदिन रिडी पावरको मात्रै ७१ करोढ बढीको शेयर किनबेच भएको पनि एक्सचेन्जले जनाएको छ ।