काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना रहेका ओलीको परीक्षणमा अवस्था सामान्य देखिएको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए ।
उनका अनुसार मुटुको धड्कन बढे पनि अहिले नियन्त्रणमा आइसकेको छ र मिर्गौलाको अवस्था पनि ठीक रहेको छ । तर पित्तथैलीमा पत्थरी देखिएकाले उनलाई आज अस्पतालमै राखेर उपचार गरिने छ ।
जेनजी आन्दोलनसँग सम्बन्धित छानबिन आयोगको सिफारिसका आधारमा प्रहरीले ओलीलाई पक्राउ गरी उपचारका लागि अस्पताल भर्ना गरेको हो ।








प्रतिक्रिया दिनुहोस्