Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


वादी समुदायको गौरव : मन्त्री सीता वादी (भिडियाे रिर्पोट)


884
Shares

सुर्खेत ।

नेपालको राजनीतिक इतिहासमै पहिलो पटक वादी समुदायले सङ्घीय मन्त्रिपरिषदमा प्रतिनिधित्व पाएको छ ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादी नियुक्त भएसँगै, सीमान्तकृत समुदायको प्रतिनिधित्वमा नयाँ अध्याय सुरु भएको हो । योसँगै सिताको जन्मगाउँका वादी समुदाय खुसीले गदगद भएका छन् ।

यसपटक वादी समुदायले इतिहासमा नै पहिलो पटक सङ्घीय संसद र मन्त्रिपरिषद् दुवैमा स्थान पायो । यो केवल राजनीतिक नियुक्ति मात्र नभई समुदायको दशकौँ लामो सङ्घर्षको उपलब्धिको रुपमा वादी समुदायले लिएका छन ।

सुर्खेतको वीरेन्द्रनगर–११, झुप्रा खोलामा जन्मिएकी सीता वादीको जीवन सङ्घर्षको कथाले भरिएको छ । ०५२ सालमा सामान्य परिवारमा जन्मिएकी उनले बाल्यकालमै जीविकोपार्जनका लागि बालुवा चाल्ने र गिट्टी कुट्ने काम गर्नुपरेको थियो । आर्थिक अभावका कारण पढाइ प्रभावित भएपनि उनले पछि विभिन्न संस्थाको सहयोगमा शिक्षा पूरा गरिन् । सामाजिक विषयमा स्नातक र राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेकी उनी पछिल्लो एक दशकदेखि महिला, बालबालिका तथा सीमान्तकृत समुदायका क्षेत्रमा सक्रिय रहँदै आएकी थिइन् ।