Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाकाे निर्देशन


611
Shares

काठमाडाैं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

शनिबार मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएको बताउँदै जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम गर्न आग्रह गर्नुभयो ।

नवगठित सरकारको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सरल, छिटो र छरितो सेवा प्रवाह बनाइनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मन्त्रालयले तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीन कार्ययोजनासहित आउन उच्चपदस्त अधिकारीलाई आग्रह गर्दै सञ्चार मन्त्रालयलाई नमूना मन्त्रालयका रूपमा स्थापित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।