Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ


28.2k
Shares

काठमाडाैं । काठमाडौंमा नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्।

मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।

ललितपुर महानगरपालिका–१५ बाट उनलाई पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्।

एक महिलाले बलात्कारको आरोपमा उजुरी दिएपछि सोही आधारमा प्रहरीले मल्ललाई पक्राउ गरेको जनाएको छ।