काठमाडौँ । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ८ः३० बजे बस्ने तय भएको सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।
ओलीलाई ज्यानसम्बन्धी अभियोगमा शनिबार बिहान निवासबाट पक्राउ गरिएपछि पार्टीको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको हो । एमालेले आजैदेखि सडक प्रदर्शन सुरु गर्ने पनि जनाएको छ ।
बस्नेतले पछिल्ला घटनाक्रमले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको उल्लेख गर्दै ओलीको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् । साथै, गृहमन्त्री सुधन गुरूङमाथि समेत उनले आलोचना गरेका छन् ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसका आधारमा प्रहरीले ओलीसहित पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखेको छ ।








प्रतिक्रिया दिनुहोस्