Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ओली पक्राउपछि प्रहरी परिसरमा भन्छन्– यो राजनीतिक प्रतिशोध हो, कानुनी लडाइँ लड्छु


1.7k
Shares

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शनिवार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसर लगिएको हो ।

गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान गएको घटनामा संलग्नताको आरोपमा अनुसन्धानका लागि ओलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ लगत्तै ओलीले यसलाई प्रतिशोधपूर्ण कदम भएको बताएका छन् । उनले कानुनी रूपमा लड्ने भन्दै वकिलहरूसँग परामर्श गरेका थिए ।