Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि पुर्ख्यौली गाउँमा खुशीयाली


1.6k
Shares

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा गाउँपालिकामा खुशीयाली मनाइएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहनुभएका साह प्रधानमन्त्रीमा नियुक्त हुनुभएसँगै पुर्ख्यौली गाउँमा दीपावली गरेर खुशीयाली मनाइएको हो । शाह प्रधानमन्त्री भएको अवसरमा स्थानीयले मिठाई बाँड्नुका साथै पटाका फोडेर दीपावली मनाएका छन् । आफ्नै गाउँको तथा मधेशी मुलको छोरो मुलुकको सर्वोच्च कार्यकारी पदमा पुगेपछि स्थानीयहरूमा गर्व र उत्साह दुवै झल्किएको हाे ।

बालेनको परिवारसँग लामो समयदेखि सम्बन्ध रहँदै आएका स्थानीयहरूले उनको स्वभाव सरल, इमान्दार र सहयोगी रहेको बताउँछन् । प्रधानमन्त्री शाहले शुक्रबार मात्रै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।