काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले पदबाट बिदा हुनु अघिल्लो दिन राष्ट्रको नाममा सम्बोधन गर्नुभएको छ ।
उहाँले जेनजी आन्दोलनको स्मरण गर्दै डर र अनिश्चय बीच सत्ता सम्हालेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले आन्दोलनमा ज्यान गुमाएकाहरूलाई एक्लो महसुस नगर्न भन्दै ढाडस पनि दिनुभएको छ ।
प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेकोमा दुःख व्यक्त गर्दै सबैलाई एक जुट भएर फेरि उठ्न आह्वान समेत गर्नुभयो ।
उहाँले गलत नियत राखेर कुनै काम नगरेको स्पष्ट गर्दै काम गर्ने दौरानमा कहीँ कमजोरी रह्यो भने आफ्नै भागमा पारिदिन आग्रह गर्नुभयो । प्रधानमन्त्री कार्कीले निर्वाचनमा मार्फत परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिएको पनि उल्लेख गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्