Logo १४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026


संकटमा आशाको दियो बाल्न सकिन्छ कि भनेर आएकी थिएँ : प्रधानमन्त्री कार्की


364
Shares

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्की ले संकटको समयमा देशमा आशा जगाउने उद्देश्यका साथ आफूले सरकारको नेतृत्व सम्हालेको बताएकी छन्।

बिहीबारको सम्बोधनमा उनले भदौ २७ गते जिम्मेवारी सम्हाल्दा डर र अनिश्चय रहेको भए पनि राष्ट्र संकटमा रहेका बेला केही सकारात्मक परिवर्तनको आधार बनाउन सकिन्छ भन्ने आत्मविश्वासले अघि बढेको उल्लेख गरिन्।

कार्कीले युवा पुस्ताको आग्रहमा ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने लक्ष्यका साथ नेतृत्व स्वीकार गरेको बताइन्।

उनले आफ्नो कार्यकालको अन्त्यतिर केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुन लागेको पनि उल्लेख गरेकी छन्।