Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


रविको मुद्धा आज पनि हेर्दाहेर्दैमा


0
Shares

काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलामा आज पनि बहस नसकिएपछि मुद्धालाई ‘हेर्दाहेर्दै ’मा राखिएको हो ।

दुई सातादेखि लगातार सुनुवाइ हुँदै आएकोमा आज रिट निवेदकका तर्फबाट बहस भएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता लिने निर्णय गरेपछि त्यस विरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।