काठमाडाैं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन गर्ने बताउनुभएको छ ।
बिहीवार पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । जनता र मुलुकको हितमा हुने सबै प्रकारका निर्णयमा सरकारलाई सहयोग गर्ने तथा कमिकमजोरी भए चनात्मक सुझाव दिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘देश र जनताको हितमा काम गर्नुपर्छ । अवश्य पनि मलाई विश्वास छ उहाँहरुले गर्नुहुन्छ । उहाँहरुले देश र जनताको हितमा काम गरेको बखत हामी साथ दिन्छौँ । कमिकमजोरी रहेछ भने हामीले रचनात्मक हिसावले सम्झाउने तथा सल्लाह दिने काम गर्छौँ ।’
उहाँले जेनजी जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरिसकेपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्