Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


अखिल नेपाल फुटबल संघलाई ३ महिनासम्म निलम्बन गर्ने राखेपको निर्णय


182
Shares

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ महिनाका लागि निलम्बन गरेको छ।

राखेप कार्यकारी समितिको बुधबार बसेकाे बैठकले एन्फाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरीत काम गरेको, परिषदको निर्देशन पालना नगरेको र अनुमति बिना चुनावी प्रक्रिया अघि बढाएको ठहर गरेको हाे । राखेपले २४ घण्टाभित्र स्पष्टीकरण मागे पनि एन्फाको जवाफ सन्तोषजनक नभएपछि कारबाही गरेको जनाएको छ ।

साथै एन्फाले अन्तर्राष्ट्रिय निकायको निर्देशनलाई आधार बनाएर राष्ट्रिय कानून बेवास्ता गरेको आरोप पनि लगाएको हाे । निलम्बनको अवधिमा एन्फालाई आफ्नो विधान र संरचना कानून अनुसार संशोधन गर्न तथा परिषदको स्वीकृतिमा मात्र काम अघि बढाउन निर्देशन दिएको छ ।

साेही निर्णयले नेपाली फुटबलमा थप अन्योल बढाएको हाे ।